दफा ३०
मूल ऐनको दफा ५२ मा संशोधनः

मूल ऐनको दफा ५२ को सट्टा देहायको दफा ५२ राखिएको छः–

“५२.कम्पनीले शेयर रोक्का राख्न सक्नेः

(१) शेयर धनीले कम्पनीलाई बुझाउनबाँकीरहेको शेयरवापतको रकम वा कानून बमोजिम कम्पनीलाई बुझाउनु पर्ने बाँकीअन्य रकम बापत निजहरुको नाममा दर्ता भएको शेयर र निजहरुले चुक्ता गरेको शेयरको रकम वापत प्राप्त गर्ने लाभांश समेत रोक्का गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको कम्पनीले लिनु पर्ने रकम सम्बन्धित शेयर धनीले प्राप्त गर्ने लाभांश रकमबाट कट्टा गरी असुल गर्न सक्नेछ ।
(३) शेयरधनीले लाभांश वापत बुझाउनु पर्ने लाभांशकर वा पूँजीगत लाभवापत तिर्नु पर्ने पूँजीगत लाभकरकोरकम दाखिला नगरेसम्म त्यस्तो शेयरधनीको नाममा दर्ता भएको शेयर र लाभांश कम्पनीले रोक्का राख्नु पर्नेछ ।”